मुख्य सामग्रीमा जानुहोस्

समाचार

Diaspora

उवासंघ चितवन अध्यक्षमा श्रेष्ठ

abhiyandaily.com

चितवन (अस) । उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा चुननारायण श्रेष्ठ निर्विरोध चयन भएका छन् । बुधबार मनोनयन दर्ताको क्रममा श्रेष्ठबाहेक अन्यको अध्यक्षमा उमेदवारी नपरेपछि हालका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ निर्वाचित भएका हुन् ।

श्रेष्ठसँगै वरिष्ठ उपाध्यक्षमा सुमनकुमार श्रेष्ठ र उद्योगतर्फको उपाध्यक्षमा चिरञ्जीवी सुवेदी निर्विरोध चयन भएको संघले जनाएको छ । निर्वाचन समिति संयोजक राजकुमार श्रेष्ठका अनुसार अन्य चार कार्यसमिति सदस्य पनि निर्विरोध चयन भएका छन् । सदस्यमा महिला उद्यमतर्फ पूर्णिमा श्रेष्ठ, एसोसिएटतर्फ रजनी मास्के र डा. जीवन श्रेष्ठ निर्विरोध भएका छन् भने क्षेत्रीयतर्फ माडीबाट रेशम आचार्य निर्विरोध भए ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)