गैरआवासीय नेपाली संघले सातवटै प्रदेशमा अक्सिजन प्लान्ट निर्माण गर्ने
deshsanchar.com · Tue May 25 16:18:50 GMT 2021
सिड्नी– गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सातवटै प्रदेशमा अक्सिजन प्लान्टको स्थापना गर्ने भएको छ। संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गत आइतबार बसेको संघका राष्टिय समिति, पदाधिकारीहरू तथा केन्द्रीय पार्षदहरूको संयुक्त बैठकले नेपालका सातवटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको हो।
त्यसैगरी संघले तीव्र रूपमा नेपालमा फैलिरहेको कोरोना संक्रमणलाई नियन्त्रण गर्नका लागि खोप नै अन्तिम विकल्प भएकाले तत्काल अन्तर्राष्ट्रिय समुदायसँग खोप उपलब्ध गराइदिन अपिल गर्ने निर्णय समेत गरेको छ। त्यसका लागि गैरआवासीय नेपाली संघका राष्ट्रिय समितिमार्फत सम्बन्धित देशका सरकारसमक्ष नेपालको लागि खोप उपलब्ध गराउन पहल गरिने जानकारी संघको वैठकपश्चात जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)