परीक्षण गर्दै नेपाली टोली
ekantipur.com · Tue Nov 15 01:01:34 GMT 2022
काठमाडौँ — नेपालले डिसेम्बर पहिलो साता नामिबिया गएर विश्वकप लिग २ को महत्त्वपूर्ण खेल खेल्दै छ । नेपालले प्रतिस्पर्धा गर्ने छ नामिबिया र स्कटल्यान्डसँग । यी दुई कठिन प्रतिद्वन्द्वीमात्र नभएर एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन ती नेपालका निर्णायक खेलहरू पनि हुन् ।
यूएईसँगको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला नेपालको नामिबिया तयारीका लागि हो । त्यसैले हुनसक्छ यूएईविरुद्ध सोमबार पहिलो खेलमा नेपालको प्लेयिङ लिस्ट नै अनौठो देखिएको थियो । निकै संयमितका साथ टिकेर खेल्ने आरिफ शेख होस् वा हालका दिनहरूमा राम्रो प्रदर्शन गर्दै आएका मोहम्मद आदिल आलम प्लेयिङ ११ मै थिएनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)