मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बालुवाटार बैठक : संघीय संसदका तीनवटा विषयगत समिति एमालेलाई दिने सहमति

farakdhar.com · Mon Apr 17 17:18:02 GMT 2023

सोमबार साँझ बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा संघीय संसदको विषयगत समितिमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई पनि समेटेर जाने सहमति भएको छ । सत्ता गठबन्धनको बैठकले एमालेलाई तीनवटा संसदीय समितिको नेतृत्व दिने सहमति गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेको सो प्रस्तावमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा र लोसपाले सहमति जनाएका थिए । यस विषयमा सोमबार बिहान बालकोटमा प्रधानमन्त्री प्रचण्ड, सभामुख देवराज घिमिरे, कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)