मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

हराएको २० दिनपछि भेटियो बालकुमारीको मूर्ति

rajdhanidaily.com · Fri Feb 11 23:32:05 GMT 2022

काठमाडौं । ललितपुरको सुनाकोठीबाट गत ९ माघमा हराएको बालकुमारीको मूर्ति शुक्रबार विहान ६ बजे ललितपुर महानगरपालिका १५ स्थित हात्तीवन गैरीगाउँको करुणा मन्दिरबाहिर पेटीमा फेला परेको छ । हराएको २० दिनपछि फेला पारिएको सो मूर्ति शुक्रबार नै बाजा, नाचगान तथा सांस्कृतिक झाँकीसहित खुसीयाली मनाउँदै पूर्ववत् ठाउँमा पुनस्र्थापना गरिएको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) यज्ञविनोद पोखरेलका अनुसार बिहान मन्दिर अगाडि बोरा फेला परेको थियो । स्थानीयले शंकास्पद बोरा देखेपछि प्रहरीलाई खबर गरेकोमा बोराभित्र सुनाकोठीबाट हराएको मूर्ति फेला परेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)