मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नाफाका आधारमा अब्बल, मध्यम र कमजोर वाणिज्य बैंकहरू कुन–कुन हुन् ?

ekagaj.com · Sun Nov 07 23:57:38 GMT 2021

काठमाडौँ– नाफा आर्जनका हिसाबले यस वर्षको पहिलो त्रैमास (साउन–आसोज) मा पाँच बैंक अर्बपति क्लबमा उक्लिएका छन् । अघिल्लो वर्षको सोही अवधिमा चार बैंकले अर्ब रुपैयाँ माथि नाफा आर्जन गरेका थिए ।

बढी नाफा आर्जन गर्ने बैंकहरूमा एनआइसी एसिया, नबिल बैंक, ग्लोबल आइएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक र एनएमबी बैंक पहिलो त्रैमासमै अर्बपति क्लबमा प्रवेश गर्न सफल भएका छन् । नाफाका हिसाबले नबिल बैंक र ग्लोबल आइएमइ बैंक उस्तै देखिन्छन् । गत वर्षको सोही अवधिको ७३ करोड रुपैयाँ नाफाको तुलनामा उल्लेख्य नाफा वृद्धि गरेर एनएमबी बैंक अर्बपति क्लबमा इन्ट्री गर्न सफल भएको छ । गत वर्ष पहिलो त्रैमासमा अर्बपति क्लबमा प्रवेश गरेको प्राइम कमर्सियल बैंक भने यसपटक पहिलो त्रैमासमै अर्बपति क्लबमा इन्ट्री गर्न सकेन ।

स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)