मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

मकवानपुर र गोरखामा भएका दुर्घटनामा ६ को मृत्यु 

nayapatrikadaily.com · Tue May 03 00:30:00 GMT 2022

मकवानपुर र गोरखामा छुट्टाछुट्टै दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । निर्माणाधीन काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक)मा लोडर पल्टिँदा तीन चिनियाँ मजदुरको मृत्यु भएको छ । दुर्घटनामा दुई चिनियाँ र एकजना नेपाली घाइते भएका छन् । फास्ट ट्रयाकअन्तर्गत पर्ने मकवानपुरको पूर्वी क्षेत्र बकैया गाउँपालिका–११ स्थित जितपुर भञ्ज्याङनजिकै भएको दुर्घटना भएको हो ।

पोली च्याङ्ग्दा इन्जिनियर कम्पनी प्रालिले ठेक्का पाएको फास्ट ट्रयाकअन्तर्गत जितपुर भञ्ज्याङमा सुरुङमार्ग निर्माणका लागि उत्खनन गरिएको माटो फाल्ने क्रममा लोडर चिप्लिएर पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । मृत्यु हुने र घाइते भएका चिनियाँ मजदुरहरू पोली च्याङ्ग्दासँग आबद्ध छन् । दुर्घटनामा एकजनाको घटनास्थलमै र दुईजनाको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको हो । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले मृत्यु भएकाको सनाखत र घाइतेको नाम नखुलेको बताए । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ । दुईजना सामान्य छन् । घाइतेहरूको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)