सिटिजन्स बैंकले १६ प्रतिशत लाभांश वितरण गर्ने
saralpatrika.com · Sat Sep 25 17:40:00 GMT 2021
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले सेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १२.९१३ प्रतिशत बोनस र ३.०८७ प्रतिशत नगद (कर समेत) गरी १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव असोज ८ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)