रास्वपा लुम्बिनी : निर्वाचन सकिएलगत्तै गणना सुरु
nepalpress.com · Sat Jun 13 16:54:01 GMT 2026

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लुम्बिनीको नयाँ नेतृत्वका लागि मतदान सकिएलगत्तै मतगणना सुरु भएको छ । प्रदेश सभापति पदका लागि ६ जनाले उम्मेदारी दर्ता गराएपछि शनिबार दिउसोबाट निर्वाचनको विधिबाट नेतृत्व छान्ने प्रकृया सुरु गरेको थियो ।
४२ सदस्यीय कार्यसमितिका लागि १ सयभन्दा बढीको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । लुम्बिनीका १२ जिल्लाबाट ८ सय ४३ प्रदेश प्रतिनिधिले पार्टीको नयाँ नेतृत्वका लागि मतदान गरेका हुन् । सहभागी प्रतिनिधिहरुका अनुसार मतदान अलिक ढिला सुरु भएकाले रातीसम्म सकिएको र त्यसलगत्तै गणना सुरु भएको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)