आइपिएल २०२२ मा लखनउको लगातार दोस्रो जित
farakdhar.com · Tue Apr 05 00:46:52 GMT 2022
भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) मा नवप्रवेशी टिम लखनउ सुपर जायन्ट्सले लगातार दोस्रो जित दर्ता गरेको छ । गएराति सम्पन्न खेलमा सनराइजर्स हैदराबादलाई १२ रनले हराउँदै लखनउले लगातार दोस्रो जित दर्ता गरेको हो ।
लखनउले दोस्रो खेलमा चेन्नई सुपर किंग्स (सिएसके) लाई हराएको थियो । पहिलो खेलमा भने ऊ गुजरात टाइटन्ससँग ६ विकेटले पराजित हुन पुग्यो । हैदराबादको भने यो लगातार दोस्रो हार हो । उसले पहिलो खेलमा राजस्थान रोयल्ससँग ६१ रनको फराकिलो हार बेहोर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)