एडिबीको चालिस अर्ब ऋण
gorkhapatraonline.com · Thu May 18 06:37:05 GMT 2023
काठमाडौँ, जेठ ४ गते ।
काँकडभिट्टादेखि लौकहीसम्मकमे सडक स्तरोन्नति गर्न एसियाली विकास बैङ्कले करिब ४० अर्ब रुपियाँ (३० करोड डलर) ऋण स्वीकृत गरेको छ । उक्त ऋणमार्फत करिब ९५ किलोमिटर सडकलाई दुई लेनबाट चार लेनमा स्तरोन्नति गरिनेछ । उक्त सडक खास गरी विपत्को जोखिमबाट सुरक्षित रहने र पुलहरू बाढीबाट पनि जोगिने गरी डिजाइन गरिने एडिबीले जनाएको छ । उक्त सडकखण्डमा सडक सुरक्षा, फुटपाथ, सडक बत्ती, सडक वारपार, बस स्टपलगायतका विशेषता रहने पनि एडिबीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)