मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

केरावारीमा फेरि लेदो सहितको पहिरो, नारायणगण मुग्लिन सडकखण्ड अवरुद्ध

pahilopost.com · Fri Aug 05 01:03:08 GMT 2022

काठमाडौं : पहिरोका कारण चितवनको नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। भरतपुर महानगरपालिका-२९ पर्ने मौरी खोल पुल नजिकैको केरावारीमा वर्षाका कारण लेदो सहित पहिरो झरेको प्रहरीले जनाएको छ।

आज बिहान करिब २ बजे गएको पहिरोका कारण बाटो दुवैतर्फ अवरोध भएको छ। अहिले सरोकारवाला निकायसँग समन्वय गरेर सडक खुलाउने काम भइरहेको प्रहरीले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)