मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संविधान निर्माण गरेका शक्तिहरू एकताबद्ध हुनुपर्छ: संयोजक दाहाल

barnanmedia.com · Thu Apr 02 22:28:42 GMT 2026

नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान निर्माण गरेका शक्तिहरू राष्ट्रिय स्वाधीनताको रक्षाका लागि एकताबद्ध हुनुपर्ने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा उनले मुलुकमा जनताको सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र, राष्ट्रिय अखण्डताको रक्षा, क्रान्तिका उपलब्धिको संरक्षणका लागि ती शक्तिबिच सहकार्यको आवश्यकता औँल्याए । पूर्वप्रधानमन्त्री दाहालले बाह्रबुँदेदेखि विस्तृत शान्ति सम्झौताका पक्षधर शक्तिहरू तथा परिवर्तनकामी शक्तिलाई एकताबद्ध बनाउन आफ्नो पार्टीले आवश्यक समन्वय गर्ने प्रस्ट पारे ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)