अमेरिकाले अस्थायी रूपमा खुकुलो बनायो इरानी तेलमाथिको प्रतिबन्ध, दुई महिनासम्म डलरमा कारोबार गर्न पाउने
barnanmedia.com · Sun Jul 05 02:40:42 GMT 2026

अमेरिकाले इरानमाथि वर्षौंदेखि लागू गर्दै आएको तेलसम्बन्धी प्रतिबन्ध अस्थायी रूपमा खुकुलो बनाएको छ। नयाँ व्यवस्थाअनुसार इरानले आगामी ६० दिनसम्म अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल बिक्री गर्दै अमेरिकी डलरमा कारोबार गर्न पाउने भएको छ। यो निर्णय अमेरिका–इरानबीच जारी शान्ति वार्तालाई अगाडि बढाउने प्रयासको रूपमा हेरिएको छ।
प्रतिबन्ध खुकुलो भएसँगै इरानले अमेरिकी कम्पनीसहित अन्तर्राष्ट्रिय बजारमा खुला रूपमा तेल निर्यात गर्न सक्नेछ। यसअघि अमेरिकी प्रतिबन्धका कारण इरानले मुख्यतः सीमित माध्यममार्फत, विशेषगरी चीनतर्फ, तेल बिक्री गर्दै आएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)