मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बिपी प्रतिष्ठानमा ओपिडी सेवा बन्द

gorkhapatraonline.com · Mon Jan 15 00:46:27 GMT 2024

धरान समाचारदाता

धरान, माघ १ गते । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शिक्षक, चिकित्सकको अन्तर्वार्ता नियमित नभएपछि आइतबारदेखि पुनः ओपिडी सेवा बन्द भएको छ । पछिल्लो समय बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शिक्षक, चिकित्सकको बढुवा प्रक्रिया रोकिएपछि आन्दोलनरत भइरहेकोमा गत कात्तिक २० गते धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई तथा विभिन्न राजनीतिक दलको रोहबरमा पुस २ गते सुरु गरी १५ गतेसम्म आवश्यक प्रक्रिया पूरा गरेर लोक सेवा आयोग र स्वास्थ्यमन्त्रीको सहमति लिई बाँकी रहेको अन्तर्वार्ता सम्पन्न गर्ने सहमति भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)