मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

देउसीभैलोको रकमबाट विपद् व्यवस्थापन कोष

barnanmedia.com · Sat Nov 16 22:11:56 GMT 2024

काठमाडौँ, २ मङ्सिर : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित बोहोरीबोटका स्थानीयबासीले देउसीभैलो खेलेर सङ्कलित रकमबाट विपद् व्यवस्थापन कोष स्थापना गरेका छन् । लालीगुराँस टोल विकास समितिमा आबद्ध ६० घरका स्थानीयले भैपरी आउने विपत्तिका घटनामा परेकालाई तत्काल उद्धार तथा राहत उपलब्ध गर्ने÷गराउने उद्देश्यले सङ्कलित रु एक लाख दुई हजार रकमबाट विपद् व्यवस्थापन कोष स्थापना गरेका हुन् ।

आगामी दिनमा कम्तीमा पनि रु २५ लाखको कोष बनाउनेगरी पहिलो चरणमा देउसीभैलाबाट सङ्कलित रकम राखेर कोष स्थापना गरिएको टोल विकास समितिका अध्यक्ष दिलकुमार राईले जानकारी दिनुभयो । “विपद् आइपर्छ भनेर कसैले पनि बचत गरेर राखेका हुँदैनन्, परेको बेला सबैसँग पैसा हुन्छ भन्ने पनि छैन, आफूसँग बचत नहुँदा धेरै घरपरिवारले दुःख पाएका छन् । आगामी दिनमा त्यस्तो नहोस् भनेर विपद् व्यवस्थापन कोष स्थापना गरेका हौँ । घटनाको प्रकृति तथा पीडितको अवस्था हेरेर राहत तथा सापटी दिइनेछ”, उहाँले भन्नुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)