पत्रकार महासंघको चुनावी मतपरिणाम आउन सुरू, बर्दियामा पोखरेलको अग्रता
nepalbahas.com · Wed Apr 07 16:34:15 GMT 2021
२६ चैत, काठमाडौं । नेपाल पत्रकार महासंघको चुनावी मतपरिणाम आउन थालेको छ । बुधबार भएको चुनाव पाँच बजे सकिएपछि धेरै ठाउँमा मतगणना सुरु भएको थियो । जसमा लोकतान्त्रिक प्यानलबाट एशोसिएट प्रदेशको अध्यक्षमा बैकुण्ठ पराजुली विजयी भएका छन् ।
उनी ३९९ मत ल्याएर विजयी भएका हुन् । उनका प्रत्यासी डीबी खड्काले २७५ मत ल्याए । यस्तै जिल्लामा पनि मतपरिणाम आउन थालेको छ । बिहीबारसम्म देशभरका सबै ठाउँबाट मतपरिणाम आउने सम्भावना छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)