अली खामेनीको अन्त्येष्टि: यस्तो छ इरानको तयारी, छोरा मोजतबा अझै बेपत्ता
annapurnapost.com · Sun Jul 05 02:48:38 GMT 2026

तेहरान : इरानी सर्वोच्च नेता अली खामेनी र उनका परिवारका सदस्यहरूको अन्त्येष्टिको नमाज प्रत्येक सहरमा त्यहाँका फरक-फरक शिया धर्मगुरु ले पढाउने भएका छन्। इरानी समाचार एजेन्सीहरूका अनुसार, राजधानी तेहरानमा जाफर सुभानी तबरीजी, कोम सहरमा नासिर मकारिम सिराजी र मशहद सहरमा हुसेन नुरी हमदानीले जनाजाको नमाज पढाउने तय भएको छ।
अली खामेनीको अन्त्येष्टि व्यवस्थापन समितिका सचिव अली-अकबर पुरजमसिदियानका अनुसार मोजतबा खामेनी आफ्ना पिताको अन्त्येष्टिमा सहभागी हुने वा नहुने भन्नेबारे सर्वोच्च नेताको कार्यालय बैत-ए-रहबरी ले निर्णय गर्नेछ। उनले भने, 'यदि उनको उपस्थितिको कुनै योजना बनेमा, त्यसको औपचारिक घोषणा कार्यालयद्वारा नै गरिनेछ।'
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)