बहस सुरु गरियोस्
ekantipur.com · Tue Feb 06 21:17:28 GMT 2024
माघ २३ गतेको अंकमा खिमलाल भट्टराईले लोकतन्त्र र राजतन्त्रसँगै हिँड्न नसक्ने तर्क गर्दै आफ्नो पार्टी एमालेको धारणा स्पष्ट लेख्नुभएको छ । नेपाली कांग्रसले पनि महाअधिवेशनबाट विधानमा रहेको संवैधानिक राजतन्त्रको आदर्श नीतिलाई परित्याग गरेको उल्लेख गर्नुभएको छ । तर अहिले कांग्रेसभित्र नै गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताबारे दुई धार स्पष्ट देखिएकामा लेखक मौन हुनुहुन्छ ।
गणतन्त्रबारे माओवादी स्पष्ट थिएन भन्ने आरोप पनि लगाउनुभएको छ तर एमाले र कांग्रेसलगायतका दल कालान्तरमा उसकै मार्गचित्रमा हिँडेको भन्न लेखकले संकोच मानेको देखिन्छ । गणतन्त्रको कार्यदिशामा आउन माओवादीले निकै अलमल गरेको पनि लेखकको आरोप छ । एसडी मुनिलगायत भारतीय लेखकले सात दल र माओवादीलाई भारतले मिहिनेत गरेर जनआन्दोलनका लागि उत्प्रेरित गरेको र अन्ततः राजतन्त्रविरुद्ध उभ्याएको खुलासा गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)