सहकारी नियमनको कार्य प्रभावकारी रुपमा गरिनुपर्छ : नेता साउद
barnanmedia.com · Sat Nov 16 23:18:28 GMT 2024

नेपाली कांग्रेसका केन्दीय सदस्य नारायणप्रकाश साउदले सहकारीको नियमन कार्य प्रभावकारी रुपमा गरिनुपर्ने बताउनुभएको छ ।
शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित सृजनशील बचत तथा ऋण सहकारी संस्थाको १७औँ वार्षिक साधारणसभामा नेता साउदले सहकारी बोर्डले प्रभावकारी रुपमा नियमन गर्न नसक्दा रकम अपचलनका घटनाले प्रश्रय पाउँदैगएको बताउनुभयो । उहाँले सहकारीमाथिको विश्वास बचाई राख्नका लागि इमान्दारिताको आवश्यकता रहेको बताउनुभयो । सहकारीको क्षेत्र निर्धारण गर्दा बैङ्कसँग समानान्तर नहुने गरी कार्य गरिनुपर्ने नेता साउदले उल्लेख गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)