जापानमा भूकम्पपछिको पुनर्निर्माण : यसरी भएको थियो ग्रामीण बजारबस्तीको विकास
nepallive.com · Tue Nov 09 01:18:00 GMT 2021
आवाजी द्वीप र ह्योगो प्रान्तको दक्षिणी भागमा अवस्थित कोबे शहरलाई सेतो अन्तसागरबाट प्रशान्त महासागर जोड्ने करिब चार किमि चौडा आकाशे जलाशयले जोड्छ। सन् १९९८ मा करिब ३९०० मिटर लम्बाइको झोलुङ्गे पुलले कोबे र आवाजीलाई स्थलमार्गसँग सिधा जोडेको हो। जापानको प्राचीन मिथकमा सबैभन्दा पहिले सृष्टि भएको भूमि यही आवाजी द्वीप हो। यो टापुमा भूकम्पको ‘नोजिमा दरार’ दौडन्छ र सन् १९९५ को महाभूकम्पको केन्द्रविन्दु कोबे शहरको ठीक दक्षिणतर्फ आवाजीको उत्तरपूर्वी तटीय भागमा यही दरारमा थियो। यसैले उत्तरपूर्वी भेगका आवाजी नगरपालिका र अन्य ससाना शहरबस्तीमा भूकम्पको ज्यादा असर परेको थियो।
जापानको बस्ती संरचनाको तहगत स्वरुपलाई ‘सि-चो-सोन’ अर्थात ‘शहर-बजारबस्ती-गाउँ’ तिन किसिमले विभाजन गरिएको छ। नेपालको हालको संरचनाबाट हेर्दा जनसंख्या र क्षेत्रफलका हिसाबले महानगरपालिका/उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकासँग तादात्म्यता राख्दछ। आवाजीमा हाल तीन नगरपालिका छन्। तोसिमा बस्ती होकुदान-चो अन्तर्गतको परम्परागत रुपमा माछा मारेर जीविका चलाउने समुदायको एक ग्रामीण बजारबस्ती हो। यहाँ होकुदान-चो को पालिका कार्यालय र माछा व्यवसायी संघको केन्द्रीय कार्यालय पनि छ। पुन:निर्माणको काम चल्दै गर्दा सन् २००५ बाट होकुदान-चो आवाजी नगरपालिकामा गाभियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)