कालिका नगरपालिकाले गर्यो ४९ जना कृषकलाई पुरस्कृत
abhiyandaily.com
चितवन । चितवनको कालिका नगरपालिकाले ४९ जना कृषकलाई पुरस्कृत गरेको छ । नगरपालिकाले बिहीवार एक कार्यक्रम आयोजना गरी उत्कृष्ट १० जना र वार्षिक १० हजार लिटरभन्दा बढी दूध उत्पादन गर्ने ३९ जना कृषकलाई पुरस्कृत गरेको हो ।
पुरस्कृत हुने उत्कृष्ट १० कृषकहरूमा च्याउखेती गर्ने फूलमाया वाइवा, प्रकाश पौडेल, इन्द्रबहादुर राई, यादवप्रसाद चौधरी, मौरीपालनतर्फ कृष्ण प्रसाद देवकोटा र शिवप्रसाद शर्मा रहेका छन् । यस्तै तरकारीखेतीतर्फ महेन्द्रप्रसाद पौडेल, चन्द्रध्वज तामाङका साथै केराखेतीतर्फ नारायणप्रसाद पुडासैनी र नेत्रप्रसाद जैसी पुरस्कृत भएका हुन् । उत्कृष्ट कृषकहरूलाई दोसल्ला, प्रमाणपत्र र १६ हजार नगद सहित सम्मान गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख शिवराज पौडेलले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)