शिक्षकदेखि मुख्यमन्त्री हुँदै पाँचौँ पटक संघीय संसदमा पाण्डे
lokaantar.com · Thu Nov 24 17:50:50 GMT 2022
धादिङ निर्वाचन क्षेत्र नं १ बाट नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार राजेन्द्रप्रसाद पाण्डे निर्वाचित भएका छन् । झण्डै आठ हजार मतान्तरहित उनी निर्वाचित भएका हुन् । पाण्डेले ३५ हजार नौ सय ३४ मत प्राप्त गरे । निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का भूमिप्रसाद त्रिपाठीले २७ हजार नौ सय ५३ मत प्राप्त गरे ।
विसं २०१३ जेठ २८ गते धादिङको गजुरी–८ छेपाङमा जन्मिएका पाण्डे २०३२ सालदेखि राजनीतिमा प्रवेश गरेका हुन् । उनी विद्यार्थी राजनीतिबाट उदाएका हुन् । तत्कालीन पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलन गर्दा उनले एक वर्ष भूमिगत र चार वर्ष छ महिना बन्दी जीवन बिताएका थिए । उनले १० वर्ष आदर्श माध्यमिक विद्यालय, गजुरीमा शिक्षण गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)