संक्रमितको मृत्युदर घटाऊ
rajdhanidaily.com · Mon May 24 23:20:24 GMT 2021
कोरोना संक्रमितको मृत्युदर बढ्न थालेपछि आमजनतामा एकखालको सन्त्रास छाएको छ । यस्तो सन्त्रास मृत्युदर बढ्दै गएपछि स्वाभाविक रूपमा आमजनतामा देखापरेको हो । मृत्युदर बढ्न थालेपछि वस्तुगत रूपमा यस्तो स्थिति देखापर्नु अस्वाभाविक पनि होइन तर यसलाई स्वाभाविक भनेर आँखा चिम्लन पनि सकिँदैन । संक्रमण बढ्नु र त्यसले मृत्यु हुनेको संख्यामा बढोत्तरी ल्याउनु अन्यथा होइन । दोस्रो लहर निकै भयावह हुन थाललेपछि पहिलो लहरभन्दा यसले जनजीवनमा निकै ठूलो असर ल्याएको छ । दोस्रो लहर भयावह बन्दै गएपछि यसको रोकथामका लागि चालिनुपर्ने कदम स्वाभाविक रूपमा चालिएकै छन् । तर, पनि तीनको प्रभावकारिता भने देखिएको छैन । देशमा अक्सिजनको संकट सापेक्षतामा हल गरिएपछि संक्रमितको मृत्युदरमा स्वाभाविक रूपमा कमी आउने महसुस गरिएको छ । अस्पतालहरूले दिने सेवा सुविधामा गुणात्मकता आएदेखि यसले संक्रमण रोकथाममा बल पु¥याउने थियो । कोरोना संक्रमण नियन्त्रणका लागि अग्रमोर्चामा खटिएका डाक्टर तथा नर्सहरूको तदारुकतामा बढोत्तरी भएपछि यसले संक्रमितको मृत्युदर कम गर्न सक्ने सम्भावना बढेर जाने थियो । यसको अर्थ जनस्वास्थ्यसँग सम्बन्धित संघसंस्थाले जनतालाई स्वास्थ्यसम्बन्धी सेवा दिएकै छैनन् भन्ने हुँदैन । तर, आवश्यकता र अपेक्षाअनुरूप सेवामा कमी भएको अवश्य हो । यसका पछाडि पनि विभिन्न कारणले काम गरिरहेका छन् । यीमध्ये अग्रमोर्चामा खटेका डाक्टर तथा नर्सका लागि आवश्यक सेवा सुविधा, सुरक्षाका उपाय, उपकरण चाहेअुरूपको उपलब्ध हुन सकिरहेका छैनन् । यसका लागि सरकारले नै बढी पहल गर्नुपर्छ । तर, पनि व्यक्तिगत रूपमा विज्ञ, विषेशज्ञ तथा सेवामा संलग्नको प्रयास प्रर्याप्त मात्रामा भयो भने यसले संक्रमण नियन्त्रणमा ठूलो टेवा पु¥याउँछ ।
प्रयास सबैको एकै ठाउँमा आयो भने यसले पार्ने प्रभाव दूरगामी महत्वको हुन्छ । अहिले देशभरका संक्रमित बिरामीका लागि आवश्यक पर्ने अक्सिजनको आपूर्ति सापेक्षतामा भइरहेको छ । विदेशी संघसंस्थाले नेपाललाई दिने सहयोग उपलब्ध गराइरहेका छन् । सार्वजनिक तथा निजी अस्पतालले सेवामा गति प्रदान गरिहेका छन् । त्यसमाथि डाक्टर र नर्सहरूको यथोचित सेवा र सहयोग पुगेमा यसले संक्रमण नियन्त्रणलाई अझ बढी प्रभावकारी गराउनेछ । आवश्यक अक्सिजनको मात्रा डाक्टर तथा नर्सहरूको दिनरातको मेहेनत, औषधिको उपलब्धता, खोपको उचित व्यवस्थापन आदिलाई ध्यान दिने हो भने अबका दिनमा संक्रमण नियन्त्रणका साथै बिरामीको अनावश्यक मृत्युदर घटाउन सकिने सम्भावनालाई नकार्न सकिँदैन । अहिले अत्यास लाग्दो रूपमा उकालो चढिरहेको संक्रमितको मृत्युदर घटाउन यसले अवश्य पनि मद्दत पु¥याउने देखिन्छ । पछिल्लो चरणमा एक खालको सन्त्रास वातावरण सिर्जना गरिरहेको संक्रमितको मृत्युदर कम गर्न यी प्रयास उचित संयोजनका सहकार्य भए यसले रोकथाममा सकारात्मक सन्देश र परिणाम ल्याउनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)