रोकिराखेको मोटरसाइकलमाथि पुरुषको शव भेटियो
onlinekhabar.com · Tue Jul 20 01:02:07 GMT 2021
५ साउन, विराटनगर । विराटनगरमा रोकिराखेको मोटरसाइकलमाथि एक जना व्यक्तिको शव भेटिएको छ । सोमबार राति विराटनगर महानगरपालिका -५ बिजुली अफिस चोकमा मोटरसाइकलमा बसेको जस्तै अवस्थामा शव भेटिएको हो ।
को४प २३१६ नम्बरको मोटरसाइकलमा मृत भेटिएका व्यक्ति विराटनगर-५ मुनालपथका ४८ वर्षीय सुदर्शन न्यौपाने रहेको वडाध्यक्ष मिनकुमार आचार्यले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)