शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मचान निर्माण
ekagaj.com · Sun Sep 12 16:24:16 GMT 2021
कञ्चनपुर – चोरी सिकारी नियन्त्रणका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मचान निर्माण गरिएको छ । नेपाल भारत सीमा क्षेत्र, चुरे क्षेत्र र वन्यजन्तुको चोरी सिकारी हुनसक्ने सम्भावित पाँच स्थानमा मचान निर्माण गरिएको निकुञ्ज कार्यालयका सूचना अधिकारी रबिन चौधरीले बताए ।
‘निकुञ्ज कार्यालयको कम उपस्थिति हुने क्षेत्रमा सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउनका लागि मचान निर्माण गरेका छौं,’ उनले भने, ‘निकुञ्जको नेपाल–भारत सीमा क्षेत्रमा अवैधरूपमा छिरेर भारतीय नागरिकबाट हुने वन्यजन्तु, चरा, माछालगायत चोरी सिकारी गर्ने कार्यलाई नियन्त्रण गर्न मद्दत पुग्दछ ।’ झाडी र बाक्लो घाँसका कारण गस्ती टोलीले चोरी सिकारीमाथि निगरानी राख्न गाह्रो हुने भएकाले मचान निर्माण भएपछि टाढैबाट हेर्न सकिने र नियन्त्रण गर्न सकिने चौधरीको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)