मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

चीन फर्काउन माग गर्दै साढे ९ सय विद्यार्थीको आवेदन

ekantipur.com · Thu Apr 14 00:58:32 GMT 2022

काठमाडौँ — कोरोना महामारीका कारण बीचैमा पढाइ छाडेर स्वेदश आएका ९ सय ६१ विद्यार्थीले बाँकी अध्ययनका लागि चीन फर्कन पाउनुपर्ने भन्दै शिक्षा मन्त्रालयमा आवेदन दिएका छन् । आवेदकमा मेडिकल र इन्जिनियरिङका विद्यार्थी धेरै छन् । शिक्षा मन्त्रालयले पढाइ पूरा गर्न नपाएर अलपत्र परेका विद्यार्थीसँग आवेदन माग गरेको थियो ।

शिक्षा मन्त्रालयका उच्चशिक्षा महाशाखाका सहसचिव कमल पोखरेलले विद्यार्थीको कोर्स, वर्षसहित तथ्यांक यकिन गरेर विवरण परराष्ट्र मन्त्रालयमा पठाइने जानकारी दिए । ‘केही विद्यार्थीले दुई पटकसम्म आवेदन दिएको पाइएको छ । त्यसैले संख्या केही घट्न सक्छ, रुजु गर्दै छौं,’ उनले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)