चीनको हेनानमा आठ करोड ८५ लाख जनामा कोभिड संक्रमण !
baahrakhari.com · Mon Jan 09 17:17:00 GMT 2023
बेइजिङ । चीनको तेस्रो सबैभन्दा बढी जनसंख्या रहेको प्रान्त हेनानका ९० प्रतिशत मानिस कोभिड संक्रमित भएको स्थानीय स्वास्थ्य अधिकारीहरूले बताएका छन् । एउटा पत्रकार सम्मेलनमा प्रान्तीय अधिकारी कान क्वानचेङले करिब आठ करोड ८५ लाख मानिस संक्रमित भएको तथ्य सार्वजनिक गरेका छन् ।
गत डिसेम्बरमा 'शून्य कोभिड' नीतिहरू त्यागेयता चीनमा कोभिड संक्रमितको संख्यामा अप्रत्याशित रूपमा वृद्धि भइरहेको छ । सरकारको कडा नीति अन्तर्गतका लकडाउन, क्वारेन्टाइन र सामूहिक स्वास्थ्य परीक्षणविरुद्ध जनसमूहबाट अनपेक्षित विरोध प्रदर्शन सुरु भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)