चीनमा बन्यो विश्वकै शक्तिशाली ब्याट्री, ५० वर्षसम्म रिचार्ज गर्न नपर्ने
shilapatra.com · Sat Jan 20 00:15:00 GMT 2024
चीनको बेटाभोल्ट कम्पनीले अहिलेसम्मकै शक्तिशाली ब्याट्री बनाएको दाबी गरेको छ । यो ब्याट्रीले फेरि चार्ज नगरे पनि ५० वर्षसम्म स्मार्टफोनलाई पावर दिन सक्ने कम्पनीको भनाइ छ ।
इकोनोमिक टाइम्सका अनुसार, संसारको पहिलो लघु परमाणु ऊर्जा प्रणाली भनिएको यो ब्याट्रीको आकार एक सिक्काभन्दा सानो छ । ब्याट्रीको सफल परीक्षण पनि भइसकेको साइन्ड एण्ड टेक्नोलोजी डेलीको रिपोर्टमा उल्लेख छ । परमाणु ब्याट्रीको प्रयोग स्मार्ट फोन र ड्रोनलगायतमा प्रयोग हुने कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)