खुल्यो दसैंलाई बसको टिकट
ekantipur.com · Sun Sep 18 01:00:18 GMT 2022
काठमाडौँ — दसैंका लागि गाडीको अग्रिम टिकट बुकिङ खुलाइएको छ । टिकट बुकिङका लागि शनिबार बिहानैबाट नयाँ बसपार्क, कलंकी, कोटेश्वर, गौशाला, चाबहिललगायत स्थानका काउन्टरमा यात्रुको भीड लागेको यातायात व्यवसायीको भनाइ छ ।
नयाँ बसपार्कमा अन्यत्रभन्दा यात्रुको चाप बढी रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले जनाए । ‘अन्य ठाउँका काउन्टरमा भने भीड कम थियो,’ उनले भने । सडक मर्मत नभएकाले यात्रुलाई गन्तव्यसम्म पुर्याउन भने समस्या हुने उनको भनाइ छ । ‘यस सम्बन्धमा आइतबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री, सडक विभागलगायतका सरोकारवाला निकायसँग छलफल गरेर सडक मर्मतलाई तीव्रता दिन आग्रह गर्छौं,’ उनले भने । अहिले पानी परिरहेकाले सडक बिग्रिएर पूर्व–पश्चिमका विभिन्न स्थानबाट काठमाडौं आउन समस्या भइरहेको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)