मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

होला त मासिक १० प्रतिशत पुँजीगत खर्च ?

ekantipur.com · Mon Sep 13 00:50:30 GMT 2021

काठमाडौँ — हरेक महिना कम्तीमा १० प्रतिशतका दरले पुँजीगत खर्च गरिने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । हरेक सरकारलाई पुँजीगत खर्च गर्न नसकेको आरोप लागिरहेका बेला अर्थमन्त्रीबाट यस्तो अभिव्यक्ति आएको हो ।

अध्यादेशको बजेटलाई प्रतिस्थापन गर्न बनेको विधेयक सन्दर्भमा आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले भने, ‘आगामी महिनादेखि नै हरेक मन्त्रालयलाई मासिक १० प्रतिशत पुँजीगत खर्चको लक्ष्य दिन्छौं । त्यसको कार्यान्वयन सम्बन्धमा अर्थ मन्त्रालय र योजना आयोगमार्फत प्रभावकारी अनुगमन तथा सुपरिवेक्षण गर्छौं ।’ यो कार्यक्रमलाई प्रभावकारी बनाउनकै लागि विशेष संयन्त्र निर्माण गरिने उनले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)