जोकोभिचले जिते सातौँ पटक विम्बल्डन उपाधि
baahrakhari.com · Sun Jul 10 17:48:00 GMT 2022
काठमाडौं । विम्बल्डन टेनिसको फाइनलमा नोभाक जोकोभिच एउटा कुरा पर्खिरहेका थिए । त्यो थियो – प्रतिद्वन्द्वी निक किर्गियोसको ध्यान भड्कियोस् र उनले आफ्नो लय गुमाउन् । साथै प्रतिद्वन्द्वीको डरलाग्दा सर्भिसहरूको सही मुल्याङ्कनका लागि कुरिरहेका थिए । जाेकोभिचले प्रतिद्वन्द्वीलाई राम्रोसँग अध्ययन नगर्दासम्म पर्खिए ।
अंक गुमाउँदा पनि जोकोभिचमा चिन्ता देखिँदैन थियो । एक अंक होइन, एक सेट गुमाउँदा पनि जोकोभिच चिन्तित देखिँदैन थिए । त्यति बेलासम्म समस्या समाधान गर्ने दृढ चाहना पनि देखिएको थिएन । तर, यो विम्बल्डन थियो । जहाँ उनी लामो समय देखि हारेका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)