आईपीएलमा हैदराबादमाथि कोलकाताको फराकिलो जित
onlinekhabar.com · Thu Apr 03 17:30:57 GMT 2025
२१ चैत, काठमाडौं । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा फराकिलो जित हासिल गरेको छ । बिहीबार भएको खेलमा सनराइजर्स हैदराबादलाई ८० रनले हराउँदै कोलकाताले दोस्रो जित निकालेको हो ।
कोलकाताले दिएको २०१ रनको लक्ष्य पछ्याएको हैदराबाद १६.४ ओभरमा १२० रनमा अलआउट भयो । हेनरिच क्लासेनले सर्वाधिक ३३ रन बनाए भने कामिन्दु मेन्डिसले २७ रन बनाए । नितिश कुमार रेड्डीले १९ रन बनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)