भूमिगत पानीको दिगो व्यवस्थापनमा ध्यान दिन जोड
nepalsamaya.com · Mon Mar 21 18:15:00 GMT 2022
काठमाडौं-
भूमिगत पानीलाई प्रयोगका दृष्टिले मात्र हेरी सही व्यवस्थापनमा ध्यान दिनुपर्नेमा विज्ञहरूले जोड दिएका छन्। विश्व पानी दिवसका अवसरमा स्मार्ट वासले आयोजना गरेको भूमिगत पानीको महत्व विषयक कार्यशाला गोष्ठीमा उनीहरूले यसको सही व्यवस्थापनमा अझै सरोकार भएका सरकारी निकायको ध्यान जान नसकेको बताए। कार्यक्रमको उद्घाटन गर्दै सांसद जीवनराम श्रेष्ठले संविधानको मौलिक हकका रुपमा स्वच्छ खानेपानीको हकको व्यवस्था भए पनि काठमाडौँजस्ता ठूला शहरमा जनघनत्व बढ्दै जाँदा पानीको अभाव भइरहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)