ताइवानमा रेल दुर्घटना, ५० को मृत्यु
annapurnapost.com · Sat Apr 03 06:40:00 GMT 2021
ताइपेई (बीबीसी) : ताइवानको एक सुरुङभित्र रेल दुर्घटना हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ । दर्जनौं घाइते भएका छन् । यसलाई शताब्दीकै भयानक दुर्घटनाका रूपमा लिइएको छ । राष्ट्रपति साई लिङ वेनले घटनाको अनुसन्धान गर्न निर्देशन दिएकी छन् । राष्ट्रपति साईले मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेकी छन् ।
४ सय ९४ यात्रु बोकेको आठ डब्बायुक्त उक्त रेल निर्माण सामग्री बोकेको एक सवारी साधनसँग ठोक्किएको थियो । उद्धारकर्ताले सुरुङभित्र च्यापिएका घाइतेलाई उद्धार गरेका थिए । केहीले भने रेलको सिसा फोडेर ज्यान जोगाउन सफल भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)