मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

मुना पाण्डेको हत्या आरोपमा एक पक्राउ

ekantipur.com · Thu Aug 29 18:21:34 UTC 2024

काठमाडौँ — टेक्सासको हृयुस्टनमा गोली प्रहार गरी मारिएकी २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डेको हत्या आरोपमा ५१ वर्षीय बबीसिंह साह पक्राउ परेका छन् । हृयुस्टन प्रहरीका अनुसार साहलाई हत्या आरोपमा पक्राउ गरी हिरासतमा राखिएको छ ।

प्रहरीले बुधबार बिहान हत्यामा संलग्न संदिग्ध व्यक्तिको तस्बिर सार्वजनिक गरेको केही घण्टापछि नै साह पक्राउ परेका हुन् । सीसीटीभी फुटेजमा उनी २४ अगस्ट शनिबार राति ९ः४८ बजे मुनाको अपार्टमेन्टबाट बाहिरिँदै गरेको देखिएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)