परराष्ट्रमन्त्री श्रेष्ठ चीन भ्रमणमा जाँदै
annapurnapost.com · Wed Mar 20 16:03:27 GMT 2024
काठमाडौं : परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा जाने भएका छन्। उनी चैत ११ गते आइतबार बेइजिङ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दियो।
परराष्ट्रमन्त्री श्रेष्ठले चीनमा समकक्षी वाङ यीसँग भेटवार्ता गर्नेछन्। उनीहरूबीच बेइजिङमा बिआरआई परियोजना कार्यान्वयन गर्ने विषयमा विस्तृत छलफल हुने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)