मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अन्तरप्रदेश उडानको हब बन्दै पोखरा

ekantipur.com · Thu Sep 02 01:11:46 GMT 2021

पोखरा — प्रदेश २ को सिमरा र गण्डकी प्रदेशको पोखरा हवाई मार्गबाट जोडिएका छन् । बुधबार पहिलोपल्ट पोखरा–सिमरा उडान भएको हो । सिमरासँगको सीधा उडान सुरु भएसँगै पोखरा अन्तरप्रदेश उडानको हब बनेको छ । यसअघि काठमाडौंबाहेक नेपालगन्ज, भरतपुर र भैरहवामा पोखराबाट सीधा उडान हुँदै आएको छ ।

पोखराबाट नेपालगन्ज, भरतपुर र भैरहवामा उडान भरिरहेको बुद्ध एयरले नै पोखरा–सिमराको सेवा सुरु गरेको हो । १९०० डी बिच क्राफ्ट १८ सिटे जहाजले साताको ३ दिन आइतबार, बुधबार र शुक्रबार पोखरा–सिमराको उडान गर्नेछ । यो मार्गमा ४ हजार ७ सय ७०, ५ हजार २ सय ७० र ७ हजार १ सय ७० गरी तीन थरी भाडादर कायम गरिएको छ । उडान समय ३० मिनेटको रहनेछ । पोखराबाट सिमरा दिउँसो १२ः२० र सिमराबाट पोखराको उडान १३ः१५ बजेलाई तोकिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)