मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रौतहटको कटहरिया नगरपालिकामा कांग्रेस विजयी

ekantipur.com · Fri May 20 18:58:37 GMT 2022

रौतहट — रौतहटको कहटरिया नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका उम्मेदवार अजय प्रकाशले २ हजार ५ सय ९५ मत अन्तरले विजयी भएका हुन् । उनले ७ हजार १ सय ७२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सियारामप्रसाद कुशवाहाले ४ हजार ५ सय ७७ मत पाए । कुशवाहा निवर्तमान नगर प्रमुख हुन् ।

२०७४ मा भएको स्थानीय तह निर्वाचनमा कुशवाहा नेकपा माओवादीबाट विजयी भएका थिए । यसपालि एमाले प्रवेश गरेर नगरप्रमुखमा पुन: उम्मेदवारी दिएका थिए । निर्वाचित नगरप्रमुख अजय अघिल्लो निर्वाचनमा कुशवाहासित पराजित भएका थिए । यसपटक उनले कुशवाहालाई पराजित गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)