एन्ड्रोइड प्रयोगकर्तालाई ट्वीटरको ब्लु टिक महंगो, मासिक शुल्क ११ डलर
onlinekhabar.com · Mon Jan 23 17:51:19 GMT 2023
माइक्रो ब्लगिङ साइट ट्वीटरले आफ्नो बहुचर्चित ब्लु सब्सक्रिप्सन फिचर झण्डै एक महिना अगाडि लञ्च गरेको थियो । यद्यपि उक्त फिचर केही निश्चित प्रयोगकर्ताका लागि मात्रै उपलब्ध थियो । ट्वीटरले उक्त फिचर केवल आइओएस एप तथा डेस्कटप भर्सनका प्रयोगकर्ताका लागि मात्र सुरु गरेको थियो । अब चाहीँ ट्वीटरको ब्लु टिक सब्सक्रिप्सन फिचर एन्ड्रोइड प्रयोगकर्ताका लागि समेत उपलब्ध भएको छ ।
ट्वीटरका अनुसार ट्वीटर ब्लू को प्रयोग अब एन्ड्रोइड प्रयोगकर्ताले समेत गर्न पाउनेछन् । तर ट्वीटरले आइओएस तथा वेब प्रयोगकर्ताका लागि भन्दा एन्ड्रोइड प्रयोगकर्ताका लागि ट्वीटर ब्लु सब्सक्रिप्सनको शुल्क महंगो राखेको छ । अब एन्ड्रोइड प्रयोगकर्ताले ट्वीटरमा ब्लु टिक लिनका लागि मासिक ११ डलर तिर्नुपर्नेछ । यद्यपि एन्ड्रोइडमा महंगो शुल्क कायम गरेसँगै ट्वीटरले आइओएस प्रयोगकर्ताका लागि यसअघि राखेको ८ डलर मासिक शुल्कलाई समेत बढाएर ११ डलर नै कायम गरेको छ । वेब भर्सनमा ट्वीटर प्रयोग गर्नेका लागि भने ८ डलर प्रतिमहिना नै कायम गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)