म्यादी छनोट दसैंअगावै
ekantipur.com · Tue Sep 06 01:00:44 GMT 2022
काठमाडौँ — प्रहरी प्रधान कार्यालयले दसैंअगावै म्यादी प्रहरी छनोट गर्ने गरी प्रक्रिया अघि बढाएको छ । प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईले जिल्ला–जिल्लामा कायम गरिएका मतदान स्थल र मतदान केन्द्रको अनुपात हेरेर म्यादी प्रहरी भर्नासम्बन्धी प्रक्रिया तथा जिल्लागत रूपमा संख्या निर्धारणको काम दसैंअघि नै सक्ने र नतिजा दसैंपछि प्रकाशन गरिने बताए ।
केन्द्रीय सुरक्षा समितिले निर्वाचनमा चारवटै सुरक्षा निकायबाट करिब पौने २ लाख सुरक्षाकर्मी र १ लाख १५ हजार म्यादी प्रहरी खटाउने गरी सुरक्षा कार्यविधिलाई अन्तिम रूप दिन लागेको छ । सोही क्रममा सोमबार गृह मन्त्रालयले म्यादी प्रहरी छनोटसम्बन्धी कार्यविधि पारित गरेको छ । कार्यविधिमा म्यादीको कार्य अवधि ४० दिन रहने उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)