कैलाली, कञ्चनपुर र सुनसरीमा ३० प्रतिशत धानबाली नष्ट
ekantipur.com · Thu Oct 21 01:08:10 GMT 2021
धनगढी/इटहरी — तीन दिनदेखिको बेमौसमी वर्षाका कारण अन्न भण्डारका रूपमा रहेका सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर तथा प्रदेश १ को सुनसरीमा धानबालीमा अत्यधिक क्षति पुगेको छ । तीन वटै जिल्लामा ३० प्रतिशतसम्म धानबालीमा नोक्सानी भएको सम्बन्धित कृषि ज्ञान केन्द्रहरूले जनाएका छन् ।
‘कैलाली र कञ्चनपुरमा वर्षाअघि ४० प्रतिशत धानबाली भित्र्याउन बाँकी थियो,’ सुदूरपश्चिम कृषि निर्देशनालय प्रमुख यज्ञराज जोशीले भने, ‘प्रारम्भिक तथ्यांकअनुसार वर्षाले ढालेर, बगाएर र डुबानबाट बचेको १० प्रतिशत जति होला, यसमा २/४ प्रतिशत तलमाथि हुन सक्छ ।’ स्थानीय तहका कृषि शाखालाई क्षतिको यकिन विवरण संकलन गर्न निर्देशन दिइसकेको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)