बाँकेमा बाढी र डुबानबाट ३ हजार ६ सयभन्दा बढी विस्थापित
ekantipur.com · Sat Oct 08 01:01:05 GMT 2022
नेपालगन्ज — केही दिनदेखिको अविरल वर्षाका कारण बाँकेमा भएको डुबानबाट कम्तीमा ३ हजार ६ सय जना विस्थापित भएका छन् । राप्ती नदीमा आएको बाढी शुक्रबार राति राप्ती सोनारी गाउँपालिका २ मा पर्ने टिकुलीपुर बस्तीमा पस्दा त्यहाँका करिब ३ हजार बासिन्दा विस्थापित भएका छन् ।
बाढीले नदीतटीय क्षेत्रमा व्यापक कटान गरेको प्रहरीले जनाएको छ । सुरक्षाकर्मीहरूले बाढीको चपेटामा परेका एक सयभन्दा बढी बासिन्दालाई उद्धार गरी सुरक्षित स्थानमा राखेको बाँकेका प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीले जानकारी दिए । नदीमा आएको बाढी अहिले पनि खतराको सतहभन्दा माथि बगिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)