हब तथा स्याटेलाइट अस्पताल संजालको राष्ट्रिय सम्मेलनबाट ११ बुँदे घोषणापत्र जारी
swasthyakhabar.com · Tue Jun 21 12:38:00 GMT 2022
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हब तथा स्याटेलाइट अस्पताल संजालको राष्ट्रिय सम्मेलनको ११बुँदे घोषणा पत्र सार्वजनिक गरेको छ। मन्त्रालयले गत जेठ २८ र ३० गते काठमाडौंमा सम्पन्न ‘हब तथा स्याटलाइट अस्पताल सञ्जालको राष्ट्रिय सम्मेलन’ को ११ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो।
घोषणापत्रअनुसार अस्पतालको विपद् पूर्वतयारी र प्रतिकार्यको योजनालाई नियमित अद्यावधिक गर्ने प्रतिबद्दता जनाइएको छ। त्यस्तै, अस्पतालले आफ्ना सबै कर्मचारीलाई वार्षिक रुपमा सम्बन्धित अस्पतालले सोको अभिमुखीकरण गर्ने तथा हब अस्पतालले आफ्नो वार्षिक कार्ययोजनामा राखी नियमित रुपमा हब तथा स्याटलाइट अस्पतालबीच स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रको उपस्थितिमा समन्वय बैठक सञ्चालन गर्ने उल्लेख घोषणा पत्रमा उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)