मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रत्यक्ष निर्वाचित कार्यकारीमा किन नजाने ?

ekantipur.com · Tue Feb 06 01:09:43 GMT 2024

लामो समयको संघर्ष र बलिदानीपछि नेपालको शासन व्यवस्था परिवर्तन भयो । जनताले बनाएको संविधान भनेर नेपालको संविधान २०७२ स्थापित भयो । एकात्मक शासन प्रणालीलाई संघीय शासन प्रणालीमा परिवर्तन गरियो ।

गाउँगाउँमा सिंहदरबार भनेर वाहवाही पनि गराइयो । व्यवस्था परिवर्तन त भयो, पात्र परिवर्तन भए तर पद्धति परिवर्तन हुन अझै सकेको छैन । यही पद्धतिभित्र रहेर केही गर्छु भन्ने कुनै व्यक्तिका लागि पनि अहिलेको निर्वाचन प्रणाली बाधक बनेको देखिन्छ । अहिले हामीले जुन निर्वाचन प्रणाली अवलम्बन गर्दै आएका छौं, यो कुनै पनि दल विशेषका लागि सहज छैन । एकातिर यो आर्थिक हिसाबले पनि निकै बोझिलो देखिन्छ भने अर्कातिर यही निर्वाचन प्रणालीलाई अवलम्बन गरिरहने हो भने नेपालको राजनीतिमा कुनै पनि दलले कहिल्यै एकल सरकार बनाउन सक्ने अवस्था देखिँदैन । त्यस्तो अवस्थामा सधैंभर नै अहिलेको जस्तै या त निर्वाचन अगाडि नै विभिन्न विचारधाराका राजनीतिक दलहरूको गठबन्धन गरेर निर्वार्चनमा सहभागी हुन बाध्य हुनुपर्छ या त निर्वाचनपछि त्यसैगरी विभिन्न दल मिलेर सरकार गठन गर्नुपर्ने अवस्था आउँछ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)