मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आइपिएल : लयमा फर्कँदै दिल्ली, बैंग्लोरलाई ७ विकेटले हरायो

farakdhar.com · Sun May 07 00:52:37 GMT 2023

इंग्लिस ब्याटर फिल साल्टको उत्कृष्ट पारीको मद्दतमा भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सले चौथो जित निकालेको छ । चौथो जित निकाल्नेक्रममा दिल्लीले गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई ७ विकेटले हरायो ।

बैंग्लोरले दिएको १ सय ८२ रनको लक्ष्य दिल्लीले १६.४ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो । उसका लागि साल्टले ४५ बलमा ८ चौका र ६ छक्कासहित ८७ रनको आक्रामक इनिङ खेले ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)