मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सबै नपाली नागरिकले नागरिकता पाउने गरी नयाँ ढङ्गले विधेयक अगाडि बढ्छ : मन्त्री कार्की

nepalghatana.com · Wed Jul 06 18:07:00 GMT 2022

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सबै नपाली नागरिकले नागरिकता पाउने गरी नागरिकता विधेयकलाई नयाँ ढङ्गले अगाडि बढाउन सरकारले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको बताउनुभएको छ ।

असार २१ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चारमन्त्री कार्कीले कतिपय नेपाली नागरिकका छोरा छोरीले नागरिकता प्राप्त गर्न नसकेको अवस्थाका कारण पीडामा रहेको उल्लेख गर्दै त्यसलाई व्यवस्थापन गरेर नयाँ ढङ्गले अगाडि बढ्न सरकारले नागरिकता विधेयक फिर्ता लिएको स्पष्ट पार्नुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)