मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पाँचथर विस्फोट : तीन जना बालबालिका घाइते, दुईको अवस्था गम्भीर

barnanmedia.com · Thu Aug 29 21:46:02 UTC 2024

पाँचथरको फालेलुङ गाउॅपालिका—५ प्राङवुङमा विस्फोट हुँदा तीन जना बालबालिका घाइते भएका छन्।

घाइते हुनेमा स्थानीय डाँडागाउँ निवासी दिलीप साँवाका ११ वर्षीय छोरा दिप्सन, अढाइ वर्षीया छोरी प्रिन्सा र छिमेकी ९ वर्षीय पवन राई छन्।घाइतेमध्ये दिप्सन र प्रिन्साको अवस्था गम्भीर छ। उनीहरूलाई उपचारका लागि झापा पठाइएको छ। एक जनाको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख हेमन्त भण्डारीले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)