मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

इम्बोस्ड नम्बर प्लेटको डिजाइन नै त्रुटिपूर्ण

ekantipur.com · Thu Jun 23 01:07:08 GMT 2022

काठमाडौँ — इम्बोस्ड नम्बर प्लेटको डिजाइन नै त्रुटिपूर्ण रहेकाले सवारी साधनमा जडान गर्नै समस्या हुने र जसोतसो गरिए पनि प्लेट झर्ने अवस्था रहेको पाइएको छ । प्रतिनिधिसभाअन्तर्गत राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याकंन समितिले बुधबार इम्बोस्ड नम्बर प्लेट जडानसम्बन्धमा गरेको छलफलमा यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले त्रुटिपूर्ण डिजाइनकै कारण प्लेट धोल्लो भई झर्ने गरेको स्विकारे ।

‘सबै गाडीमा पछाडिको प्लेट वर्गाकार लाग्दैन, आयातकार लाग्छ । इम्बोस्ड नम्बर प्लेट डिजाइन गर्दा यसको कल्पनै गरिएको थिएन,’ उनले समितिमा भने, ‘अगाडिको प्लेटका लागि मात्रै आयातकार कल्पना गरिएको थियो । यही एक त्रुटिले पछाडिको प्लेट धोल्लो जस्तो देखिने गरेको छ ।’ सवारी साधनमा प्लेटको माथिबाट २ वटा किला (नट) राख्ने ठाउँ मात्र हुने र तलको भाग अड्याउनुपरे गाडीमै थप प्वाल पार्नुपर्ने अवस्था रहेको उनले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)