मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मुख्यसचिवमा अर्याललाई नियुक्त गरेपछि सचिव ज्ञवालीले दिए राजीनामा

barnanmedia.com · Thu Aug 29 21:51:29 UTC 2024

सरकारले मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेपछि राष्ट्रिय योजना आयोगका सचिव तोयनारायण ज्ञवालीले राजीनामा दिएका छन्।

मुख्यसचिव बन्ने दौडमा ज्ञवाली समेत थिए। सरकारले मुख्यसचिव नबनाएपछि उनले राजीनामा दिएका हुन्।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हाल गृहसचिव रहेका अर्याललाई मुख्यसचिव नियुक्त गरेको छ। मुख्यसचिव लिलादेवी गड्तौला ५८ वर्षे उमेर हदका कारण भदौ १५ गते अनिवार्य अवकाशमा जान लागेकाले नयाँ मुख्यसचिव नियुक्त गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)